१६ चैत्र २०८० शुक्रबार
राजनीति

स्वतन्त्रहरुबाट विकास सम्भव छैनः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रहरुबाट देश विकास सम्भव नभएको बताएका छन्।उनले शुक्रबार प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै स्वतन्त्रहरुबाट देशको योजनाबद्ध विकास, उन्नति र प्रगति संभव नभएको बताएका हुन्।  

‘एक ठाँउको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो। तर एक ठाँउको एउटा स्वतन्त्र, अर्को ठाँउको अर्को स्वतन्त्र र छिटपुट स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति र प्रगति सम्भव हुन सक्छ?’, ओलीले प्रश्न गरे।  

उनले स्वतन्त्रहरुको आ–आफ्नो सोच हुने र ती सोचहरुबीच लडाइ हुने बताए। ‘स्वतन्त्रहरुको सोच हुन्छ की हुदैन? झन बेग्लाबेग्लै सोचहरु आएर एउटै सोचमा कसरी जान्छन्?तीनीहरुको आ–आफ्ना सोच होलान नी! तीनका सोचहरु कसले मान्ने नी? ती सोचहरुकै बीचमा लडाई होला नी!  यो हुने कुरै होइन। तर एउटा के चलन छ भने स्वतन्त्र भन्ने चलन छ। सम्भवै नहुने कुरा’, ओलीले भने।

प्रकाशित: २० श्रावण २०७९ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App