सत्तारुढ गठबन्धनको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मंसिर ४ गते हुने चुनावमा सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल पनि गठन गरेको छ।
बैठकले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेपछि कार्यदल गठन गरेको हो।
कार्यदलमा गठबन्धनको प्रमख दल नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन्। यसैगरी माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र बर्षमान पुनलाई राखिएको छ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाटआनन्द शर्मा र हिमलाल पुरी छन्।
यो कार्यदलले प्रतिनिधीसभा र प्रदेशसभामा कुन पार्टीले कति सिट पाउने भनेर निक्र्यौल गरेर गठबन्धनलाई सिफारिस गर्नेछ।
प्रकाशित: २० श्रावण २०७९ ०७:५३ शुक्रबार