coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री राउत भन्छन्: उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार

मुख्यमन्त्री लालबाबु राउतले उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार रहेको बताएका छन। मधेश प्रदेश सरकारले बाराको सिमरा‌मा आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योग मैत्री वातावरणविनाको समृद्धिको परिकल्पना गर्न नसकिने बताए।

प्रदेश सरकारले उद्योगहरुका लागि विशेष प्याकेज कार्यक्रम ल्याए पनि संघीय कानूनको आभावमा कार्यान्वयन गर्न समस्या भईरहेको उल्लेख गर्दै  मुख्यमन्त्री राउतले जग्गाको स्वामित्व हस्तान्तरण लगायतका प्रक्रिया अविलम्ब शुरू गर्न संघीय सरकारसँग माग गरे। सबैभन्दा बढी जनशक्ति विदेश जाने प्रदेशको रूपमा रहेको मधेस प्रदेशका युवाहरुलाई आवश्यक तालिमको ब्यवस्था गरी स्वदेशमै रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको योजनामा सहकार्य गर्न मुख्यमन्त्री राउतले उद्योगीहरुलाई आग्रह गरेका छन्।

उद्योगहरुको स्थापनादेखि  संचालन सम्ममा उत्पन्न विभिन्न समस्याहरुलाई समाधान गर्न प्रदेश सरकार  एकद्वार प्रणाली मार्फत अघि बढेको स्मरण गराउँदै मुख्यमन्त्री राउतले भने ,'प्रदेश सरकारले वीरगन्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय गरिसकेको छ। यसबाट उद्योगमा  ठुलो सहयोग पुग्नेछ, उनले भने।'

अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले औद्योगिक विकासका लागि  प्रदेश सरकारले अवलम्बन गरेको नीतिहरु बारे जानकारी गराउँदै प्रदेशको आर्थिक समृद्धि र विकासका लागि निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए।

उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले औद्योगिक सम्मेलनले प्रदेशमा उद्योग स्थापनाको वातावरण निर्माण गर्नुका साथै वर्तमान आवश्यकता र कानूनी जटिलता जस्ता समस्यागरू समाधान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

सम्मेलनको उद्घाटन शत्रमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिश मोर, उपाध्यक्ष राजेश अग्रवाल , मधेस प्रदेश संयोजक नरेश दाससहितले उद्योग विकासमा जोड दिएका थए।

सम्मेलनमा प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सरकार का प्रमुख सचिव कृष्ण बहादुर राउत र सचिवहरु लगायत प्रदेश स्थित करिब एक सय जना उद्योगी हरुको सहभागिता रहेको छ।

नेपाल उद्योग परिसंघ, स्वदेशी, शिप परियोजना र युके एड को सहयोगमा मधेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा प्रदेश सरकारले प्रदेशको आर्थिक विकासमा योगदान दिने २३ उद्योग हरुलाई यसअघि पुस्कृत समेत गरेको थियो।

प्रकाशित: १७ श्रावण २०७९ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App