१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्काः प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्।

शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन्। 

उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए। प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए। नेपाली काँग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताए। उनले नेपाली काँग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे।

उनले भने, ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ। पक्कापक्की छ। केही दिनमा त्यो घोषणा हुन्छ। औपचारिक रुपमा। देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहाँका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेलदवारहरुको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस्। नेपाली काँग्रेसको कमजोरी भनेको प्रचारमा छ। हामी आफ्नो पार्टीको विचार संस्थागत विचार राख्न चासो राख्दैनौँ। कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा हाम्रो धेरै चासो र चिन्ता छ। यसमै लाग्ने हो भने हामी आफ्नो मुल लक्ष्यबाट टाढा हुन्छौँ।’

प्रवक्ता महतले आफ्नो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिए।

प्रकाशित: १३ श्रावण २०७९ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App