७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

फरेन्सिक ल्याबले दियो अर्थमन्त्रालयको ‘रिकभर’ सीसीटीभी फुटेज, छानविन समिति अलमलमा

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टमा सीसीटीभी फुटेज ‘रिकभर’ भएको जनाएकाे छ। सोमबार नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट 'रिकभर’ सिसिटिभी फुटेज र हार्डडिक्स फिर्ता भएको थियो।

संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ। एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो।  

बैठकपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए। उनले फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट प्राविधिक भएकाले ल्याबका विज्ञसँग छलफल गरेर अप अध्ययन गर्ने (मंगलबार) दिउँसो ४ बजेको बैठकमा विज्ञलाई आमन्त्रण गरिएको बताए। सचिव अर्यालले  ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गरेपछि मात्रै अन्य थप जानकारी दिन सकिने बताए।  

समितिले अर्थ मन्त्रालयले अर्थ मन्त्रालयको असार १३ र १४ गतेको सिसिटिभी डिलिट भएको जानकारी गराउँदै मन्त्रालयको सिसिटिभीको हार्डडिक्स नै समितिलाई दिएको थियो। समिमिले डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो। फरेन्सिक ल्याबले सोमबार समितिलाई  सीसीटीभी फुटेज ‘रिकभर’ गरेर हार्डडिक्स फिर्ता गरेको थियो।  

प्रकाशित: १० श्रावण २०७९ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App