२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

एसपीपी अस्वीकार गर्ने पत्रबारे सदनमा जानकारी दिन सभामुख सापकोटाको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्ष सांसदहरूले एसपीपीको अवस्थाका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन्। सभामुख सापकोटाले सांसदहरूले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए।  

उनले भने,‘ माननिय सदस्यहरुले उठाउनु भएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु।’

मन्त्रीपरिषद् बैठकले एसपिपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन। सरकारले पत्र नपठाएको सम्बन्धमा सदनलाई जानकारी दिन बिहीवार सरकार र प्रतिपक्षका सांसदहरुले माग गरेका थिए।

प्रकाशित: ५ श्रावण २०७९ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App