५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय निर्वाचनमा गठबन्धन गर्न चाहन्छः प्रवत्ता महत

नेपाली कांग्रेसका प्रवत्ता डा.प्रकाशशरण महतले संसदीय चुनावमा गठबन्धन गरेर जाने पक्षमा कांग्रेस रहेको बताएका छन्। भरतपुर विमानस्थलमा आज (बुधबार) नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा महतले केन्द्रीय सदस्यको बैठकले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको बताएका हुन्।  

‘आउने आम निर्वाचन तालमेल, सहकार्य गरेर जाने निर्णय पनि पार्टीले सर्वसम्मत गरेको छ,’उनले भने, ‘त्यसलाई अगाडि बढाउन छलफल अगाडि बढ्छ। हामी चाडै निस्कर्षमा पुग्छौँ भन्ने लागेको छ।’ गठबन्धन गर्नेमा पार्टीभित्र विमति नरहेको महतको जिकिर छ।  

गठबन्धन गर्ने विषय कठिन भएपनि यसलाई सम्भब बनाउने गरि अगाडि बढ्ने बताए। स्थानीय निर्वाचनको नतिजाले पनि विश्वास पैदा गरेको महतको दावी छ। तालमेल गर्दा पार्टीको अवस्थालाई हेरेर गरिने उनले बताए।  वाम गठबन्धनको विषय चर्चामा आएका बेला महतले यो गठबन्धन निर्वाचनको बेलासम्म पुग्ने विश्वास व्यक्त गरे। निर्वाचनमा सरकार पक्षधरसंग नै तालमेल गरेर निर्वाचनमा जाने उनले बताए।  

स्थानीय तहको निर्वाचनमा पार्टीका निर्णय विपरित उठेका कार्यकर्तालाई कारबाही गर्ने नगर्ने विषयमा छानविन समिति गठन गरिएको बताएका छन्। पार्टीका सम्पूर्ण भातृसंगठनले साउन भित्र पूर्णता पाउने बताए।  भरतपुर आएका महतले सरकारको समेत बचाउ गरेका छन्। उनले एक वर्षे कार्याकालमा कोभिड नियन्त्रण, एमसीसी पास, स्थानीय तहको निर्वाचन यो सरकारको प्रमुख उपलब्धी रहेको बताए।

प्रकाशित: ४ श्रावण २०७९ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App