३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे शुरु हुनेछ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभा समक्ष टेबुल गर्ने, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ र खानेपानी तथा सरसफाई विधेयक, २०७६ टेबुल गर्ने कार्यतालिका छ। त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यतालिका छ।

प्रकाशित: २८ असार २०७९ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App