६ वैशाख २०८१ बिहीबार
राजनीति

अर्थमन्त्री शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन

अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन भएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत संलग्न गराउने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र उनीमाथिको संसदीय छानविन सँगसँगै गराउन माग गरेको थियो सो माग अनुसार १ सदस्यीय छानबिन समिति गठन भएको हो।

समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन्। त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहनेछन्।

जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना रहने छन्।

प्रकाशित: २२ असार २०७९ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App