१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

यो देशको बजेट होइन, व्यापारी घरानाको होः ओली

फाइल तस्बिर।

प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले दुई/चार व्यापारी घरानाका लागि सरकारले बजेट बनाएको आरोप लगाएका छन्।  

सोमबारको प्रतिनिधिसभामा उनले बजेट व्यापारीका लागि मात्र बनाइएको बताए। ‘यो देशको बजेट होइन। व्यापारी घरानाको बजेट हो’, ओलीले भने। उनले भने, ‘माननिय प्रधानमन्त्री घरानाका अनुहार, कुन कुन घरानाका अनुहार यसरी बजेट ल्याइयो। यसरी अनुहार हेरेर निश्चित घराना हेरेर निश्चित घरानालाई फाइदा नपुग्ने गरी बजेट किन?’

ओलीले व्यापारीका अनधिकृत मान्छे राखेर बजेट बनाइएको आरोप लगाए। उनले निश्चित घरानालाई भन्सार, अन्तःशूल्कसहित अन्य करहरुमा पनि छुट दिएर राष्ट्रलाई घाटा हुने बजेट बनाइएको आरोप पनि लगाए।  ओलीले सेटिङ अन्तरगत कर बढाउने र घटाउने गरिएको पनि बताए।

प्रकाशित: २० असार २०७९ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App