२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपाले फिर्ता बोलायाे मन्त्री, काे-काे परे सिफारिसमा?

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले मन्त्री हेरफेर गर्ने भएकाे छ। जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको हाे।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले फिर्ता बोलाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ।

यस्तै भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका छन्।  

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाले जनायाे।

प्रकाशित: २० असार २०७९ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App