२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिएका छन्।  

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उनले व्यक्तिगत घटना संकलन, भण्डारण र वितरणको काम प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिएका हुन्।

गृहमन्त्री खाँणले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र  विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक बञ्चित हुनसक्ने भएकाले सचेत हुन सम्बद्ध पक्षलाई आग्रह गरे।

उनले भने, 'ज्येष्ठ नागरिक, दलित, अपाङ्ग, लोपोन्मुख, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिकालगायत  उच्च जोखिममा रहनसक्ने समूहलाई लक्ष गरी सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाटै  सही नागरिकको विवरण संकलनमा ध्यान दिनुपर्छ।'

विभागले व्यक्तिगत घटना दर्ताका साथै  सामाजिक सुरक्षाअन्तर्गत ‘नगद प्रवाह’ र व्यक्तिको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ।

प्रकाशित: १८ असार २०७९ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App