राैतहट- एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको गाैर नगरपालिका वडा नं ३ स्थित घरमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्। मुख्य सडक किनारमै रहेको नेता नेपालको घरको प्रवेश द्वार र घरका झ्याल ढोकाका शिशा फुटाएका छन्। अान्दोलनकारीको जुलुस नाराबाजी गर्दै घर अगाडीबाट अघि बढ्ने क्रममा ढुंगा प्रहार गरेका हुन्।विपी चोकबाट निस्केको जुलुस भन्सार चोकतर्फ जाने क्रममा नेपालको घर अगाडी पुगेर ढुंगा हान्न लागेको हो। अान्दोलनकारीले नेता नेपाल विरूद्ध नाराबाजी गरेका थिए। अान्दोलनकारीले ढुंगा र इटाले घरमा प्रहार गरेका थिए। सयाैंको संख्यामा अान्दोलनकारी जुलुसमा सहभागी थिए।

प्रकाशित: ४ मंसिर २०७२ ०२:०९ शुक्रबार