नारी स्रष्टा समाज विराटनगरले लघुकथाकार शुक्रराज कुँवरको दोस्रो लघुकथासङ्ग्रह 'मिसाभरा' लोकार्पण गरेको छ।
नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलकाे अध्यक्षता र लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि काेइरालाकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
डालो रेष्टुरेण्ट अनामनगरमा सञ्चालित उक्त कार्यक्रममा विशिष्ट अतिथि, अतिथिहरूमा प्राडा कुमार कोइराला, ध्रुव मधिकर्मी, खेमराज पोखरेल र लता केसी रहेका थिए।
रमेन्द्र कोइराला संयोजक रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिको तर्फबाट प्राडा कुमार कोइरालाले लोकार्पित लघुकथासंग्रह 'मिसाभरा' काे विश्लेषणात्मक समीक्षा गरेका थिए।
त्यसैगरी साहित्यकारद्वय ध्रुव मधिकर्मी र लता केसीले समेत कृतिमाथि प्रकाश पारेका थिए।
लोकार्पण कार्यक्रममा शुक्रराज कुँवरको पहिलाे लघुकथासंग्रह 'बगैँचा' र लोकार्पित कृति 'मिसाभरा' माथि बहस पनि भएको थियो।
उक्त कार्यक्रममा रामकुमार पण्डित, विनोद नेपाल, ध्रुवराज थापा, मौन सञ्जय, विवेक शर्मा गौतम, पीपी कोइराला, निर्मला बराल, एन्जल निलु, ललिता जोशी, सुनिता निरौला पौडेल, रन्जु खनाल, प्रार्थना खनाल, लक्ष्मी पोखरेल, रामचन्द्र महतो कुशवाहा, रोशन पराजुली, प्रिन्स प्रमोद ढकाल, खगेन्द्र बस्याल, रञ्जना पराजुली लम्साल र सूचिता काफ्लेले शुक्रराज कुँवरको लघुकथासङ्ग्रह बगैंचा र मिसाभराबाट करिब बीस लघुकथा वाचन गरिएकाे थियो।
प्रकाशित: २४ जेष्ठ २०८३ ०९:३० आइतबार





