५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जिसस रौतहटमा नेका गठबन्धन विजयी

जिल्ला समन्वय समिति रौतहटमा नेपाली काँग्रेस र नेकपा एस गठबन्धनले जित हासिल गरेको छ । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली काँग्रेसका रामअयोध्या राययादव र उपप्रमुखमा नेकपाएसका महेश बैठा निर्वाचित भएका छन् ।  

जिल्ला समन्वय समिति रौतहटका सदस्यहरुमा मोजामिल आलम, अशोककुमार झा, सर्फलाल प्रसादयादव, कमलाकुमारी ढकाल, इनदु देवी, बिजलिया देवी र किरण देवी साह निर्वाचित भएका छन् ।  

जिल्ला समन्वय समिति रौतहटका ३६ मतदातामध्ये गठबन्धनको पक्षमा २६ मत परेको छ । गठबन्धनबाट प्रमुखसहित नेकाले पाँच, उपप्रमुखसहित नेकपाएसले तिन र नेकपामाओवादीले एक सदस्य पद प्राप्त गरेको थियो ।

नेकपा एमालेका उम्मेदवारहरुले सबै पदमा पाँच पाँच मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित: १२ असार २०७९ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App