१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आजै आधा घन्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल सकिएर कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफ दिएपछि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरकको प्रश्न उठाइएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का सांसद् झपटबहादुर रावलले बैठकमा गणपूरक सङ्ख्या यकीन गर्न माग गरेपछि सभामुख सापकोटाले तीन मिटेनको घन्टी बजाएर सङ्ख्या यकीन गराउन लगाउँदा विधेयक स्वीकृत गर्न ७९ सांसद उपस्थिति हुनुपर्नेमा ६३ मात्रै उपस्थिति भएको पाइएकाले बैठक स्थगन भएको हो।

प्रकाशित: १२ असार २०७९ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App