१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिरहा जिससमा जसपा-एमाले प्यानल विजयी

निर्वाचित पदाधिकारीहरु। तस्विरःनागरिक

जिल्ला समन्वय समिति सिरहाको सोमबार सम्पन्न निर्वाचनबाट जनता समाजवादी पार्टी (जसपा) –नेकपा एमालेको प्यानल विजयी भएको छ। समन्वय समितिको प्रमुखमा जसपाका दिनेशकुमार महतो र उप प्रमुखमा एमालेका दिलीप लामा विजयी भएका हुन्।

महतोले २६ मत ल्याएर प्रमुख र लामाले २५ मत प्राप्त गरी उप प्रमुख निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए। प्रमुख पदका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोजकुमार गुप्ताले ७ मत प्राप्त गरेका थिए भने उपप्रमुखका उममेदवार नेकपा एकीकृत समाजवादीका राजेश्वरकुमार यादवले ७ मत प्राप्त गरेको खरेलले बताए।

सदस्यहरूमा जसपा–एमाले प्यानलका गीताकुमारी पासवान, जानकीकुमारी यादव, शोभाकुमारी यादव, सुरेश यादव, गीता पासमान, सोनावति महरा, सूर्यनाथ यादव, रवीन्द्रकुमार महतो विजयी भएका छन्।

निर्वाचनमा एमालेका १५, जनता समाजवादी पार्टीका १०, कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका १ सहित ३४ जना मतदाता थिए। जसमध्ये लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी मतदानमा सहभागी भएनन्। ३३ जना मतदाताले मात्र मतदान गरेका थिए।

प्रकाशित: ६ असार २०७९ १४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App