२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन्। आइतबार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी विजयी भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले बताए। यसैगरी नेपाली काँग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार मनकुमारी विश्वकर्मा र उपप्रमुखका उम्मेदवार सोहन श्रेष्ठले ५ मत प्राप्त गरेका थिए।

गठबन्धनले अन्य जिसस सदस्यहरुमा मनोनयन दर्ता नगरेकाले एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।एमालेको तर्फबाट प्रमुख पदमा निर्वाचित थापा बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित भएका थिए। यसैगरी उपप्रमुख पदको उम्मेदवार खत्री मंगला गाउँपालिका–१ कुुहुँबाट वडा सदस्यमा निर्वाचित भएकी थिईन्। निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी),श्रीप्रसाद गर्बुजा (धबलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता विक (मंगला) गौमति चपाई (मालिका) धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा निर्विरोध चयन मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचित प्रमुख,उपप्रमुख र सदस्यहरुको सोमबार सपथग्रहणका साथै पदभारग्रहणको कार्यक्रम राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मतभार रहेको थियो। एमालेको ७ मत, काँग्रेस ३ र माओवादीको २ मतभार छ। म्याग्दीमा नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको पाँच दलिय गठबन्धनले बेनी नगरपालिका, धवलागिरी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा मात्रै तालमेल गरेको थियो।

प्रकाशित: ५ असार २०७९ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App