६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गुनासो सुन्न टोल फ्रि नम्बर

क्याप्सन चामुण्डाविन्द्रासैनी नगरपालिकाको कार्यालय दैलेख। तस्विर ः गोविन्द केसी÷नागरिक

नयाँ जनप्रतिनिधि निर्वाचित भएर बसेको पहिलो बैंठकबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा गुनासो सुन्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए। त्यही निर्णय नगर पालिकाले कार्यान्वयनमा ल्याएको हो।  

जनताको गुनासो सुन्न नगरपालिकाले टोल फ्रि नम्बर सञ्चालनमा ल्याई गुनासो सुन्ने र सम्वोधन गर्ने मुख्य उद्देश्य रहेको छ। नेपाल टेलिकमबाट प्राप्त १६६००१८२२२२ नम्बरको टोल फ्रि नम्बर गुनासो सुन्नका लागि संञ्चालनमा आएको छ। सञ्चालनमा आएको टोल फ्रि नम्बरको नगर प्रमुख गणेश बहादुर शाहीले उद्घाटन गरे। पदभार ग्रहण गर्ने क्रममा जनताको गुनासो सुन्ने र सेवालाई प्रभावकारी बनाउन नगरमा टोल फ्री नम्बर सञ्चालनमा ल्याउने नगर प्रमुख शाहीले पहिलो निर्णय गरेका थिए।

स्थानीय सरकार सञ्चालनमा सल्लाह सुझाव जिज्ञासा गुनासो तथा समस्या भएमा सिधै निःशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गर्न नगरप्रमुख शाहीले नगरबासीलाई आग्रह गरेका छन्। उनले स्थानीय सरकारको गतिशीलता, पारदर्शिता, जवफदेहीता सुशासनका लागि पहिलो निर्णय अनुरूप निःशुल्क टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको बताए। 

नगरपालिकाले विज्ञप्ती जारी गर्दै स्थानीय तहको नीति तथा कार्यक्रम ल्याउनु पूर्व कस्ता खालका योजना ल्याउँदा जनतामुखी हुने भन्ने विषयमा गुनासो टिपाउन आग्रह गरिएको छ। चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले टोल फ्रि बाट आएका गुनासो सम्बोधन गर्न आवश्यक जनशक्ति समेत व्यवस्थापन गरिने बताए। जनता र स्थानीय सरकारबीच गुनासो सुन्ने र सम्बोधन गर्ने परिपार्टीको विकास भए सम्बन्ध प्रगाढ हुने स्थानीय अनुवाहरुले बताए।

प्रकाशित: ३ असार २०७९ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App