२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एसपीपी सम्झौता ओलीको पालामा भएको प्रमाणित गर्न एमालेको चुनौती

नेकपा (एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रश्तावित स्टेट पार्टनरसीपप्रोग्राम (एसपीपी) सम्झौता केपीओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ईश्वर पोखरेले एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएको भनेर गलत कुरा सम्प्रेषण गरिएको बताए। उनले गठबन्धनले तथ्यविपरित र पूर्वाग्रहपूर्ण कुरा गरेको बताए। उनले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली काँग्रेस नेतृत्वको सरकार रहेको उल्लेख गरे। 

पूर्व उपप्रधानतथा रक्षामन्त्री समेत रहेका सांसद पोखरेलले आफूमन्त्री रहँदा त्यस बारेमा कुनैपनि सकारात्मक कुरा गरेको केहीलिखतहरु, वक्तव्यहरु, माइन्युटहरु भए संसदमा प्रस्तुत गर्न चुनौती दिदैँ त्यसको पूर्ण जवाफदेही लिन तयार रहेको बताए। त्यतिखेर यो प्रस्तावको विषयमा कुरा आएको र आफूहरुले कार्यदलबनाएको स्मरण गर्दै उनले कार्यदलले सम्झौता अगाडी बढाउनु हुँदैन भन्ने निस्कर्ष निकालेपछि आफूहरुले कुनै प्रक्रिया अगाडी नबढाएको उनले स्पष्ट पारे। 

उनले गठबन्धनका नेताहरुले ओली नेतृत्वको सरकारलाई आरोप लगाएको उल्लेख गर्दै प्रमाण पेसगर्न चुनौती दिए। प्रमाण पेसगर्ननसके गैर जिम्मेवार अभिव्यक्तिको लागि क्षमा माग्नु पर्ने उनले बताए।

प्रकाशित: २ असार २०७९ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App