१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोरङको जिससमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार भएको निर्वाचनमा एमालेको प्यानलै विजयी भएको हो।  

प्रमुख पदमा एमालेका अजम्बर राई २१ मतका साथ विजयी भए। उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका जितेन्द अग्रवालले १३ मत प्राप्त गरे। उपप्रमुखमा उषा झा ठाकुरले २१ मत ल्याएर विजयी भइन्। उनकी प्रतिष्पर्धी काँग्रेसकी निलमकुमारी सरदारले १३ मत प्राप्त गरिन्।  

त्यस्तै महिला सदस्यमा एमालेकी उमा नेपाली, उर्वसीकुमारी थारु र हरिमाया विश्वकर्मा विजयी भएका छन्। अन्य सदस्यमा एमालेका तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित भए।

दलित/अल्पसंख्यकबाट सदस्यमा एमालेका चन्द्रबहादुर सरदार निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

प्रकाशित: ३१ जेष्ठ २०७९ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App