२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

देश र जनताको अवस्थामा सुधार नआएको भन्दै पूर्व राष्ट्रपति यादवद्वारा चिन्ता व्यक्त

कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले विराटनगरमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवलाई सम्मान गर्दै। तस्बिरः चुमन/नागरिक

पूर्व राष्ट्रपति रामवरण यादवले गणतन्त्र आएको ढेड दशक बितिसके पनि देशको अवस्थामा अझै सुधार नआएको भन्दै चिन्ता व्यक्त गरेका छन्। देशमा बढ्दो आर्थिक संकट, खाद्यान्नमा आएको परनिर्भरता, चुरेमा भएको दोहन, जनतामा नैराश्यता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।  

उनले गणतन्त्रपछि जनताले जे अपेक्षा गरेका थिए। त्यो अनुसारको काम हुन नसकेको बताए। ‘बिपी र कृष्णप्रसाद कोइरालाले भने जस्तो नेपालको भूगोलमा बस्ने सबै नागरिकको आर्थिक, सामाजिक, न्यायिक अधिकार बराबर भएकाले देश बनाउन चौडा छाती चाहिने, विभेद नगर्ने, सबैलाई सम्मान गर्ने र जोडेर राख्न सक्ने नेतृत्वको खाँचो देखिएको छ,’ यादवले भने, ‘चुरिया बचाइ दिऊ भने सरकारलाई भने सुनेन। चुरियाको पेट फटाइ दिएर बीचबाट मदन भण्डारी मार्ग बनाइ दिए।’ उनले चुरियाको छातीबाट गाडी दौडिरहेको छ। अहिले चुरियाको संरक्षण नगर्दा भविष्यमा ठूलो विनाश हुने खतरा बढ्दै गएको छ। राजा महेन्द्रले त्यस बेला हुलाकी राजमार्ग बनाइ दिएको भए जनताको आर्थिक उन्नती भएर जाने थियो।  

शनिबार विराटनगरमा कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले पूर्व राष्ट्रपति यादवलाई प्रजातन्त्र, लोकतन्त्र संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।  

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रजातन्त्र, लोकतन्त्र भनेको आवद्यिक निर्वाचन नभएको बताए। उनले सुशासन, पारदर्शिता, उत्तरदायित्व, जवाफदेहिता र भ्रष्टाचारमुक्त समाज बनाउने सके मात्र प्रजातन्त्र फस्टाउने बताए। उनले मधेस प्रदेश मरुभूमिमा परिणत हुँदै गएकाले प्रदेश १ पनि मरुभूमिमा परिणत हुनेमा दुई मत नरहेको बताए।

प्रकाशित: २८ जेष्ठ २०७९ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App