२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

भक्तपुर जिसस प्रमुखमा एमालेका ईश्वरबहादुर थापा विजयी

जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वरबहादुर थापा विजयी भएका छन्। उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन्। गोलाप्रथाबाट उनीहरु दुवै जना जिसस प्रमुख र उपप्रमुखमा विजयी भएका हुन्।  

जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता रहेका थिए। जिल्लाका चार वटा नगरपालिकाका भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाकाहरुका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्। जिल्लामा सता गठनबन्धनको तीन, एमालेको तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दुई वटा मत थियो।  

यो हिसावले नेमकिपा निर्णायक थियो। त्यसकारण उसलाई मनाउन दुवै पक्षका दलहरुले लगातार प्रयास गरेक थिए। दुवै पक्षले नेमकिपालाई प्रमुख पद पनि दिएका थिए। तर उक्त पार्टीले एमसीसी पास गर्ने दलहरुसँंग कुनै हालतमा गठबन्धन नगर्ने अडान कायम राखेपछि मतदान भएको थियो।  

मतदानमा सता गठबन्धन र एमाले दुवैले तीन/तीन मत प्राप्त गरेको थिए। मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो। गोलाप्रथाबाट निर्णय सार्वजनिक भएको हो।

प्रकाशित: २८ जेष्ठ २०७९ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App