१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

'गृह मन्त्रालय कालोबजारी रोक्न असफल भयाे'

राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले चोरी, तस्करी तथा कालोबजारी रोक्न गृह मन्त्रालय असफल भएको बताएकी छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले गृह मन्त्रालय चोरी, तस्करी र कालोबजारी रोक्न असफल भएको बताएकी हुन्। उनले हत्या, हिंसा, लुटपाट र वलात्कारको घटना बढिरहेको भन्दै त्यसको अनुसन्धान पनि धेरै फितलो भएको बताइन्। उनले सुरक्षाको जिम्मेवारी लिनेहरुनै भ्रष्टाचार, चोरी र तस्करीमा संलग्न हुने गरेका बताइन्।

यस्तै नेकपा(एमाले)का सांसद दिपकप्रकाश भट्टले अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको उपस्थिति कमजोर भइरहेको बतए। उनले दुईपक्षिय, क्षेत्रिय, उपक्षेत्रिय र अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको उपस्थिति निकै कमजोर भइरहेको उल्लेख गरे। प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय तथा गृह मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद् सँग समन्वय गर्नुपर्ने भएपनि राष्ट्रिय सुरक्षा परिषद्लाई डम्पिङ साइटजस्तो बनाइएको उनले बताए। परिषद् बारे आगामी आर्थिक वर्षको बजेटमा कहीँ कतै नछोएको उनको भनाई छ।  

प्रकाशित: २७ जेष्ठ २०७९ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App