१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

दैलेख समन्वयमा बागी उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा निर्वाचित नवराज शाही। तस्बिरः गोविन्द/नागरिक

दैलेखको जिल्ला समन्वय समितिको चुनावमा बागी  उम्मेदवार नमराज शाही विजयी भएका छन्। शाही नेपाली काँग्रेसको आधिकारिक उम्मेवार दुर्गा श्रेष्ठको विरुद्ध बागी उम्मेदवारी दिएका थिए।

११ स्थानीय तह रहेको दैलेखमा २२ मतमा बागी उम्मेदवार शाहीले १३ मत ल्याएर विजयी भएका हुन्। श्रेष्ठले ९ मत ल्याएकी थिइन्। बागी उम्मेदवार शाहीलाई नेकपा एमालेले समर्थन गरेको थियो। एमालेसँग १० मत थियो। बागी उम्मेदवारले ३ मत गठबन्धनबाट पाएका लिएर विजयी भएका हुन्।

शाही नेपाली काँग्रेसको जिल्ला उपसभापति निर्वाचित भएका थिए। बागी उम्मेदवारी दिएसँगै पार्टीबाट कारबाहीको सिफारिसमा परेका छन्।  

 त्यस्तै उपप्रमुखमा एमालेका केशव शाही विजयी भएका छन्। उनी ११ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति शाहीले १० मत पाइन्। गठबन्धनबाट उपप्रमुख एकीकृत समाजवादीबाट लडेकी थिइन्। गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी थिए।

विजयी सदस्यहरुमा महिलामा एकीकृत समाजवादीबाट कविताकुमारी गिरी, कोकिलाकुमारी खड्का र पूर्णा विक विजयी भएका छन्। माओवादी केन्द्रबाट फत्तबहादुर डाँगी, तुल्सा विक, मानसिह थापा विजयी भएका छन्। त्यस्तै नेपाली काँग्रेसबाट अङगबहादुर शाही र स्वतन्त्र (बागी) दिलबहादुर शाही विजयी भएका छन्।

गठबन्धनसँग १२ मत थियो। जसमा काँग्रेससँग ९ मत, माओवादीसँग २ मत र एकीकृत समाजवादीसँग १ मत रहेको थियो।

प्रकाशित: २६ जेष्ठ २०७९ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App