२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति मोरङको निर्वाचन तालिका सार्वजनिक

जिल्ला समन्वय समिति मोरङको निर्वाचन कार्य तालिका मंगलबार सार्वजनिक गरिएको छ। जेष्ठ ३१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्य तालिका सार्वजनिक गरेको हो। कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदाता नामावली प्रकाशन तथा नामावली सच्याउने वा छुट नाम समावेश र संशोधित मतदाता नामावली प्रकाशन गर्ने समय बुधबार (भोलि)का लागि तोकेको छ।

मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशनको समय बिहीबार जेष्ठ २६ गतेलाई तोकेको बुढाथोकी बताए। उनका अनुसार जेष्ठ २७ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको सूची प्रकाशन र विरोधमा उजुरी दिने समय तोकिएको छ।

उम्मेदवारविरुद्धको उजुरी उपर जाँचबुझ गरेर निर्णय लिने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको २८ गते तोकिएको छ। जष्ेठ २९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने र ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्ने कार्य तालिका रहेको सूचना अधिकारी बुढाथोकीले बताए।  

१७ वटा स्थानीय तह रहेको मोरङमा ३४ जना मतदाता हुने छन्। समन्वय समितिको उम्मेदवार स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि मात्रै हुन पाउने व्यवस्था छ। ९ सदस्यीय समितिमा प्रमुख र उपप्रमुख, ३ जना महिला सदस्य, दलित वा अल्पसंख्यकमध्ये १ जना र अन्य सदस्य ३ जना निर्वाचित हुने छन्। मोरङमा मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्ष गरेर नेकपा एमालेका २१, नेपाली काँग्रेसका १२ र नेकपा माओवादी केन्द्रका १ जना छन्।

प्रकाशित: २४ जेष्ठ २०७९ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App