७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेको केन्द्रीय सदस्य तथा सांसदको वडामा मात्र पाँच भोट

नेकपा एमालेको एक जना केन्द्रीय सदस्य तथासंघीय सांसद्को वडामा पार्टीले पाँच भोट आएको देखिएको छ। राजनीतिक वृत्तमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यको वडामा वडाध्यक्षले पाँच भोट पाउनुलाई निकै नराम्रो मानेर विश्लेषण भइरहेको छ।

मतदान भएको तिन हप्ता भइसकेको भए पनि रौतहटका प्रमुख नेताहरुको आफ्नो वडामा आएको भोटको प्रसंग सेलाइरहेको छैन। रौतहटको राजदेवी नगरपालिका ४ स्थायी ठेगाना भएकी नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रेखाकुमारी झाको वडामा नेकपा एमालेले केवल पाँच मत पाएको छ। निर्वाचन आयोगको वेभसाइटमा पनि राजदेवी नगरपालिका ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार चन्द्रकान्त झाले पाँच मत पाएको देखाइरहेको छ।  

राजदेवी नगरपालिकामै स्थायी घर भएका मधेस प्रदेश सरकारमा राज्यमन्त्री रहेका योगेन्द्रप्रसाद यादवको पार्टीले पनि राज्यमन्त्रीको वडामा निकै कम मत पाएको थियो। केन्द्रीय सदस्य समेत रहेका राज्यमन्त्री यादवको जसपाले वडामा लज्जास्पद हार बेहोरोको थियो।

नेपाली काँग्रेसको मधेस प्रदेश सभापति रामकृष्ण यादवको वडामा पनि नेपाली काँग्रेस पराजित भएको थियो।

नेकपा एमाले केन्द्रीय सदस्य झा, जसपा नेपालका केन्द्रीय सदस्य यादव तथा नेकाको मधेस प्रदेश सभापतिको वडामै हार हुनुलाई रौतहटमा राजनीतिक प्रतिष्ठाको रुपमा लिएर आगामी निर्वाचनमा हुने परिणामबारे सर्वसाधारणले विश्लेषण गर्न थालेका छन्।  

मन्त्री तथा सांसद बन्ने तर वडामै जमानत जफत हुने नेताहरुलाई गाउँ पस्न पनि अप्ठ्यारो लागिरहेको चर्चा रौतहटमा व्याप्त छ।

प्रकाशित: २४ जेष्ठ २०७९ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App