जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचन जेठ २७ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण कार्यतालिकासहितको सूचना आइतबार जारी गरी २७ गते मतदान हुने जानकारी गराएको छ।
जिल्लाका १० वटै स्थानीय तहको निर्वाचन, कार्यपालिका सदस्य निर्वाचनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको निर्वाचन गराउन लागेको हो। निर्वाचन तालिका अनुसार जेठ २४ गते मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ। जिल्ला समन्वय समितिको निर्वाचनका लागि जिल्लामा २० जना मतदाता छन्।
६ नगरपालिकाका ६ प्रमुख र ६ उपप्रमुख, ४ गाउँपालिकाका ४ अध्यक्ष र ४ उपाध्यक्ष गरी २० जना मतदाताले मतदान गर्नेछन्। २० जना मध्ये कांग्रेसका ८, एमालेका ७, जसपा नेपालका २, माओबादी केन्द्र १ राप्रपा १, र लोसपा १ जना निर्वाचित भएका छन्। महाराजगंज, कृष्णनगर, बुद्धभुमी नगरपालिका र मायोदेबी गाउँपालिकाको प्रमुख र उप प्रमुखमा कांग्रेसका उम्मेदवारले जितेका छन्।
यस्तै एमालले बाणगंगा नगरपालिको प्रमुख र उपप्रमुख तथा बिजयनगर र शुद्धोदन गाउँपालिका अध्यक्ष उपाध्यक्षमा एमालेले जितेको छ। यस्तै शिवराज नगरपालिकाको उपप्रमुखमा एमालेले जितको छ। जसपा नेपालले कपिलवस्तु नगरपालिको प्रमुख र उपप्रमुखमा जितेको छ। शिवाराज नगरपालिकाको प्रमुखमा राप्रपा, शुद्धोदन गाउँपालिका अध्यक्षमा लोसपा र उप प्रमुखमा माओवादी केन्द्रले जितेको छ।
जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित ७ जना सदस्य गरी ९ निर्वाचित हुनेछन्। उता कांग्रेस र एमालले समन्वय समितिमा आफनो पकड बनाउन अन्य पार्टीहरुसंग छलफल र बैठकता तीब्रता दिएको छ।
प्रकाशित: २२ जेष्ठ २०७९ १३:२४ आइतबार