१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव राष्ट्रिय सभाबाट स्वीकृत

राष्ट्रिय सभाले संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रश्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

उनले सदस्य देवकोटा प्रश्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाइँ, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई दर्ता गराएको प्रश्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रस्तुत संकल्प प्रश्तावलाई सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले सहमति जनाएका थिए।  

राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १ बजे बस्नेछ। राष्ट्रिय सभामा दर्ता भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले संघीयताको मर्मअनुसार तीनै तहका राज्य सञ्चालन हुनुपर्ने धारणा राखेका थिए।

प्रकाशित: १९ जेष्ठ २०७९ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App