१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

ट्रमा सेन्टर मन्त्रीहरुलाई मुबारक होः सांसद त्रिपाठी

प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले मन्त्रीहरुले आफ्नो अनुकुलका स्थानहरुमा ‘ट्रमा सेन्टर’ बनाउन लागेको आरोप लगाउँदै ती मन्त्रीहरुलाई ‘ट्रमा सेन्टर मुबारक’ भन्दै व्यङग्य गरेका छन्।

बुधबार संसदको बजेट माथिको छलफल कार्यक्रममा भाग लिदै उनले मन्त्रीहरुले सबै ट्रमा सेन्टरहरु निर्माण कार्य आफ्नो अनुकुलका क्षेत्रमा लगेको आरोप लगाए।

‘यो निन्दनीय र अविवेकिय काम भएको छ’, त्रिपाठीले भने, ‘ट्रमा सेन्टहरु तपाईँहरुलाई मुबारक हो। ट्रमा सेन्टर मन्त्रीहरुलाई मुबारक हो।҆

उनले दुर्घटना ग्रस्त क्षेत्रको अध्ययन नगरी, आवश्यक स्थानको पहिचान नगरी आफ्नो अनुकुलका क्षेत्र र जिल्लाहरुमा ट्रमा सेन्टर बनाउने योजना बजेटमा राखिएको बताए।  

‘नवलपुरको बर्दघाटमा बनाउनुपर्ने थियो। दाउन्ने सबैभन्दा धेरै दुर्घटना हुने क्षेत्र हो। यहाँ वर्षेनी धेरै मान्छे दुर्घटनामा पर्छन्। यसलाई बेवास्ता गरेर अनावश्यक ठाँउमा लगेर ट्रमा सेन्टर निर्माण योजना राखियो, त्रिपाठीले भने।

प्रकाशित: १८ जेष्ठ २०७९ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App