१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

फागुन २१ निर्वाचनका लागि ८४ दल दर्ता

नेपालमा राजनीतिक दल दर्ता गराउने लहर तीव्र रूपमा बढेको छ। विशेषगरी जेनजी आन्दोलनपछि राजनीतिक दलहरूको सङ्ख्यामा वृद्धि भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ। निर्वाचन आयोगमा हालसम्म १३४ वटा राजनीतिक दलहरू दर्ता भएका छन्।  

जेनजी आन्दोलनअघि आयोगमा जम्मा १२२ वटा दलहरू दर्ता थिए। आन्दोलनपछि नयाँ दलहरू स्थापना भई दर्ता हुने क्रमले गर्दा यो सङ्ख्या १३४ पुगेको निर्वाचन आयोगको राजनीतिक शाखाले जनाएको छ।  

निर्वाचन प्रयोजनका लागि बुधबार मध्याह्नसम्म ८४ वटा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि औपचारिक रूपमा दर्ता भइसकेको राजनीतिक शाखाले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८२ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App