२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

कोभिड खोपबारे सरकारको नीति तथा कार्यक्रम

सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा सो तथ्यांक उल्लेख गरिएको हो।

उनले भनिन्, ‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ। हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ। त्यसैगरी करिव ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाई सकिएको छ। स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकारहरु परिचालित भएका छन्।’

राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।

प्रकाशित: १० जेष्ठ २०७९ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App