२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि रहेका छन्।

उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन्। भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ। एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेकाे छ भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन्। उनीहरुबीच सातहजार २३९ को मतान्तर रहेको छ।

तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेकामा अहिले  वडा नं १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएका छन् भने घाेषणा गर्न बाँकी रहेकाे छ।

यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो। उपमहानगरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए।

प्रकाशित: १० जेष्ठ २०७९ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App