८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

वीरगन्जमा गठबन्धन विजयीः मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलम निर्वाचित

दायाँबाटः राजेशमान सिंह, इम्तियाज आलम

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारम जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याई निर्वाचित भएका छन्।

एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा झन्डै दोब्बरले मत ल्याएर सिंहले जितेका छन्। एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६ सय ७१ मत ल्याएका छन्। सिंहले मेयरमा प्राप्त गरेको मत सरावगीको भन्दा २२ हजार ५ सय ४४ मत बढी छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावमा प्रतिस्पर्धा गरेका गिरिश गिरीले ३ हजार ३ सय १३ मत मात्र ल्याएका छन्। 

उपमेयरमा गठबन्धनबाट नै नेपाली काँग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याई जीत हाँसिल गरेका छन’। आलमका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत मात्र ल्याएका छन्। एमालेसँग तालमे गरेको लोकतान्त्रिक समाजवादी पार्टी यहाँ चुनाव लडेको थियो। राप्रपा कि उम्मेदवार विना जयसवालले ५ हजार ९ सय ८८ मत ल्याएकी छिन् 

प्रकाशित: १० जेष्ठ २०७९ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App