५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

धरानका निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण

उपमेयर बेघाद्वारा पदभार ग्रहण गर्दै शिघ्र इजलाश सञ्चालन गर्ने निर्णय

उपमेयर अइन्द्रबिक्रम बेघालाई सपथ ग्रहण गराउँदै मेयर हर्कराज राई। तस्बिरः रोहित राई

धरानका नवनिर्वाचित जनप्रतिनिनिधहरुलाई सपथ ग्रहण गराइएको छ।

स्वतन्त्रबाट निर्वाचित मेयर हर्कराज राई (साम्पाङ) र गठबन्धनबाट विजयी अइन्द्रबिक्रम बेघासहित १०२ जना जनप्रतिनिधिहरुलाई सोमबार सपथ ग्रहण गराइएको हो। मेयर राईलाई सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश कैलाश सुवेदीले इनरुवामा सपथ ग्रहण गराएका थिए। सपथ लिएर आएपछि मेयर राईले निर्वाचन अधिकृतको कार्यालयमा आयोजित समारोहमा उपमेयर बेघा, वडाध्यक्ष र वडा सदस्यहरुलाई क्रमशः सपथ ग्रहण गराएका थिए।

मेयर राईले सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सबै एकजुट भएर धरानको विकासमा अघि बढ्ने प्रतिवद्धता जनाए। स्वतन्त्रले जितेको कारण सबै पार्टीले जितेको र कोही पनि नहारेको उनको भनाई थियो। ‘धरानको विकास र सुशासनको मुलधारमा समाहित भएर सबै अघि बढ्नेछौ। तपाई सबैको साथ सहयोग चाहिन्छ,’ उनले भने,‘धरानलाई सुशासित र विकासित बनाउन सबै मिलेर समस्याहरुलाई समाधान गर्नुपर्छ। जनताले गरेको आशा र विश्वास पूरा गर्न मिलेर सबै लागिपर्नेछौ।’ उनले जनप्रतिनिधिलाई ५ वर्षसम्म गरिखाउ भनेर नदिएको उल्लेख गर्दै आम मतदाता जनताहरुले खबरदारी पनि गरिरहनुपर्ने बताए।

वडाध्यक्षहरुलाई सपथ गराउँदै मेयर हर्कराज राई।

उपमेयर बेघाले गरे पदभार ग्रहण

सपथ लिएसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले आफ्नो पदभार ग्रहण पनि गरेका छन्। सपथ ग्रहण गरिसकेपछि बेघाले उपमहानगरपालिकाको कार्यकक्षमा प्रवेश गरी पदभार ग्रहण गरेका थिए।  

पदभार ग्रहणसँगै उपमेयर बेघाले असहाय, अशक्त, महिला तथा बालबालिका र अपांग वर्गको लागि द्रूत सेवा उपलब्ध गराउन शिघ्र इजलास सञ्चालन गर्ने निर्णय पनि गरेका छन्। त्यस वर्गका निवेदकले निवेदन दिनेबित्तिकै विपक्षीलाई झिकाएर इजलाशमा पेश गर्ने उनको निर्णयमा उल्लेख छ।

उपमेयर अइन्द्रबिक्रम बेघा कार्यकक्षमा पदभार ग्रहण गरेपछि।

उपमेयर बेघाले पदभार ग्रहण गर्दै विकास निर्माण र सेवा प्रवाह निष्पक्षरुपमा गर्ने पनि बताए। विकास निर्माणमा आग्रह, पूर्वाग्रह नराख्ने भन्दै उनले खानेपानीको समस्या हल गर्न पानीको संरचना व्यवस्थित गर्ने र थप स्रोत व्यवस्थापन गर्ने अभियानमा सरिक हुने पनि बताए।

प्रकाशित: ९ जेष्ठ २०७९ १४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App