१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

'अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकोले नेपालमा पनि बढ्नु स्वभाविक हो'

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय स्तरमै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकोले नेपालमा पनि स्वभाविक रुपमा मूल्यवृद्धि भएको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले जनस्तरलाई मध्यनजर गरेर अझै अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिको पूर्ण रुपमा नेपालमा मूल्य नबढाएको दाबी गरे। उनले जनता मारमा परिरहेकोले सरकार यसमा गम्भीर बन्न र उपभोक्ताहरुको आवश्यकीय सामग्रीहरुको मूल्यवृद्धिमा सरकार गम्भीर र चनाखो बन्नुपर्ने बताए।

प्रवक्ता महतले भने, ‘यो अन्तर्राष्ट्रिय कुरा हो। सरकारले धेरै ठूलो सब्सिटी दिएर अन्तर्राष्ट्रिय स्तरमा भएको पूरा मूल्यवृद्धि हुन दिएको छैन। तर पनि जनता मारमा परेका छन्। सरकार यसमा गम्भीर हुनुपर्छ। उपभोक्ताहरुको आवश्यकीय सामग्रीहरुको मूल्यवृद्धि नहोस् यसमा सरकार गम्भीर हुनुपर्छ।’

प्रकाशित: ९ जेष्ठ २०७९ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App