५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीको प्रश्नः बलात्कारीलाई आजिवन कैद किन हुँदैन?

राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले बलात्कारीलाई आजिवन कैद किन नभएको भनि सरकारलाई प्रश्न गरेकी छन्।

सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले बलात्कारीलाई हिरासतमा राखेर मात्रै पीडितले न्याय नपाउने उल्लेख गर्दै फाँसीको सजाय किन नहुने भन्ने प्रश्न गरिन्। बलात्कारको उजुरी हाल्न एक वर्षको हदम्याद तोकिनु नहुने उनले बताइन्।

उनले भनिन्, ‘यस्ता राक्षशहरुलाई मात्र हिरासतमा राखेर भिक्टिमले न्याय पाउँछ? यस्ता राक्षशहरुलाई आजिवन कैद किन हुँदैन? यस्ता राक्षशहरुलाई फाँसीकै सजाय किन हुँदैन? यस्ता राक्षशहरुमाथि केमिकल क्यास्ट्रेशनको प्रयोग किन हुँदैन? केमिकल क्यास्ट्रेशन एक किसिमको ड्रग्स हो। जुन सेक्स्युली डिसेबल बनाउँछ। यस्ता बलात्कारीलाई धेरै देशमा केमिशल क्यास्ट्रेशन प्रयोग गरेर शिविर श्रममा राख्ने गरेको छ। त्यस्ता कानूनहरु हाम्रो देशमा किन लागु हुँदैन? उजुरी हाल्दा एक वर्षको हदम्याद किन तोकिएको छ?’

प्रकाशित: ९ जेष्ठ २०७९ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App