४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

'देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गयो'

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताएकी छन्।

सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य राईले महिलाहरु कुनैपनि ठाउँमा सुरक्षित नभएको बताइन्। अपराधीहरु कानूनी प्रावधानका कारण उम्किने खतरा रहेको औँल्याउँदै उनले कानूनी व्यवस्थालाई संशोधन गर्नुपर्ने बताइन्। उनले यसतर्फ राजनीतिक दलहरुको पनि ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘कानूनलाई पक्रेर अपराधी उम्किने अवस्था बनेको छ। प्रहरीले भनिरहेको छ कानूनी जटिलता बनिरहेको छ। जस्तोसुकै अवस्थामा पनि नाबालिकाको हकमा उनी हिजो १६ वर्षमा त्यो घटना घट्यो। तर आज उनी २४ वर्ष पुगिसकेकि छिन्। २४ वर्ष पुग्दा उजुरी गरेको कारणले पनि कानूनी रुपमा अप्ठ्यारो छ भनेर फेरिपनि माफ दिने किसिमको कुुरा भइरहेको छ। यो विषयमा राज्यको गम्भीर ध्यान जानु जरुरी छ।'

उनले अगाडि भनिन्, 'सबै महिलाहरु आउँदा दिनहरुमा किशोरीहरुको जिवन बर्बाद हुने, आत्महत्या बाध्यताका साथ गर्नुपर्ने र दुर्व्यसनमा फस्नुपर्ने यस्तो स्थिति नआओस्। राज्यले महत्वका साथ यस विषयलाई हेर्नुपर्दछ। सबै राजनीतिक दलहरुले पनि यस विषयलाई कडाइका साथ हेर्नुपर्दछ र अपराधीलाई कानूनको कठघरामा ल्याउनको निम्ति हिजो भएको कानूनी व्यवस्थामा त्यसलाई पुनः विचार गरेर संशोधन गर्नुपर्ने जरुरी देखिएको हुनाले हामी त्यो पाटोतर्फ जानुपर्ने जरुरी छ।’

प्रकाशित: ९ जेष्ठ २०७९ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App