१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगरपालिका: मेयरमा स्वतन्त्र उम्मेदवार हमाल र उपमेयरमा एमालेका राना विजयी

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेका कन्दकला राना विजयी भएकी छन्।

स्वतन्त्र उम्मेदवार हमाल २६ हजार ८ सय ६५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काग्रेसका नृप बहादुर वडले १४ हजार ८ सय १७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत प्राप्त गरेका छन्। अघिल्लो चुनावमा हमाललाई हराउदै वड मेयर बनेका थिए। अहिल वडलाई फराकिलो मतान्तरले पछि पार्दै हमाल विजयी भएका हुन्।

यसैगरि उपमेयर पदमा एमालेका कन्दकला राना १५ हजार ४ सय ७९ मत प्राप्त गरि विजयी भएकी छन्। उनको निकटम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ती अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६ सय ९ मत पाएका छन्। गठबन्धन प्रति असन्तुष्टी जनाउदै नेपाली काग्रेसका नेता भण्डारीले स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका थिए।

धनगढी उपमहानगरपालिकाका १९ वडा मध्य नेपाली काग्रेसले ११ वडा अध्यक्ष जितेको छ। अघिल्लो निर्वाचनमा मेयर, उपमेयरसहित १२ वडा जितेको नेपाली काग्रेस धनगढी उपमहानगरपालिकामा गठबन्धन गरेर पनि पहिलोको तुलनामा यस पटक खुम्चिएको छ। एमालेले उपमेयरसहित ६ वडा जितेको छ। भने माओवादी केन्द्रले २ वडा जितेको छ। अघिल्लो निर्वाचनमा माओवादी केन्द्र ५ वडा जितेकोमा एमालेले २ वडा मात्र जितेको थियो। यस पटक नेकपा एमालेको अवस्था सुधार भएको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App