५ वैशाख २०८१ बुधबार
राजनीति

पाँचपोखरी एमालेले जोगाउँदा लामा र अधिकारी दोहोरिए

पाँचपोखरी थाङपाल पाउँपालिकामा एमाले विजयी भएको छ। पालिका अध्यक्षमा टासी लामा र उपाध्यक्षमा सुनिता अधिकारी निर्वाचित भएका छन्। दुबै दोहोरिएका हुन्। उनीहरुले २०७४ को स्थानीय तह निर्वाचन जितेक थिए।  

टासीले गठबन्धनका मओवादी उम्मेदवार दोर्जे तामाङलाई परािजत गरे। ५ हजार ६ सय आठ मत ल्याएर उनी विजयी भएका हुन्। तामाङले ४ हजार ४५ मत मात्र लाए। त्यस्तै गठबन्धनकै कांग्रेस उम्मेदवारलाई हराउँदै अधिकारी अध्यक्ष चुनिएकी हुन्। अधिकारीले ५ हजार ७ सय २२ मत पाउँदा कांग्रेस उम्मेदवार गंगा चापागाईँले ४ हजार ३ सय ९३ भोट मात्र ल्याइन्।  

योसँगै जिल्लाका सबै १२ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। घोषित मतपरिणा अनुसार पाँच स्थानीय तह जित्दै कांग्रेस पहिलो बनेको छ। माओवादीले चार र एमालेले तीन तह हात पारे।

प्रकाशित: ६ जेष्ठ २०७९ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App