१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा नवनिर्वाचित २२ जना वडाध्यक्षको उमेर ४० वर्ष भन्दा कम

ताप्लेजुङका ६१ वटा वडामध्ये २२ जना वडाध्यक्ष ४० वर्ष भन्दा कम उमेरका युवाहरु रहेको पाइएको छ। सबैभन्दा कम २६ वर्ष उमेरमै वडाध्यक्ष भएका छन्। निर्वाचन आयोगकोले आफ्नो वेबसाइटमार्फत् स्थानीय तह निर्वाचन २०७९ को नतिजा प्रविष्टी गरेको हो।

सो अनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुका महेश लाबुङ जिल्लाभरीमै सबैभन्दा कान्छा वडाध्यक्ष बनेका छन्। उनको उमेर २६ वर्षको छ। उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन्। यस्तै सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलामा एमालेबाट निर्वाचित वडाध्यक्ष गोपाल बानियाँ २७ वर्षका छन्।

यस्तै फुङ्लिङ नगरपालिका वडा नं ८ मा कांग्रेसबाट निर्वाचित क्षितिज सुनुवार र फुङ्लिङ १० फुरुम्बुमा माओवादी केन्द्रबाट निर्वाचित सन्तोष नुगो लिम्बूको उमेर समान २९–२९ वर्ष रहेको निर्वाचन आयोगमा वेबसाइटमा उल्लेख गरिएको छ।

मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा एमालेबाट निर्वाचित मनोजकुमार तुम्बाहाम्फे ३० वर्षका छन्। मैवाखोला गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रबाट निर्वाचत चन्द्रकुमार तामाङ, आठराइ त्रिबेणी गाउँपालिका वडा नं ४ मा एमालेबाट निर्वाचित अर्जुनकुमार लिम्बू  र मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङमा माओवादी केन्द्रबाट निर्वाचित ग्याञ्जे शेर्पा समान ३१–३१ वर्षका छन्।

यस्तै आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रबाट निर्वाचित लक्षुमन (ललित) राई ३२ वर्षका छन्। फुङलिङ नगरपालिका वडा नं २ मा नेकपा एसबाट निर्वाचित मोहन न्यौपाने र मेरिङ्देन गाउँपालिका वडा नं १ थिङ्लाबुमा एमालेबाट निर्वाचित सविनकुमार चोङ्वाङ समान ३३–३३ वर्षका हुन्।

फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकमा एमालेबाट निर्वाचित देउप्रसाद लिम्बू, पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ नाङखोल्याङमा एमालेबाट निर्वाचित दिलकुमार सुनुवार र सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवाबाट एमालेबाट निर्वाचित पूर्णकुमार माङ्मु समान ३५–३५ वर्षका छन्।

फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपमा कांग्रेसबाट निर्वाचित पेम्बाटाँसी शेर्पा, मैवाखोला गाउँपालिका वडा नं २ ढुङ्गेसाँघुमा नेकपा एसबाट निर्वाचित नरेन्द्र लिम्बू र फुङलिङ नगरपालिका वडा नं ४ मा एमालेबाट निर्वाचित दुर्गाप्रसाद पालुङ्वा समान ३६–३६ वर्षका रहेको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख गरिएको छ।

यस्तै सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनमा कांग्रेसबाट निर्वाचित कृष्णकुमार गुरुङ ३७ वर्षका, सिरिजङ्गा वडा नं ७ खेवाङमा स्वतन्त्रबाट निर्वाचित बुद्धिप्रसाद दाहाल र फुङ्लिङ नगरपालिका वडा नं ५ मा माओवादी केन्द्रबाट निर्वाचित सोजित श्रेष्ठ समान ३८–३८ वर्षका छन्।

यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलामा स्वतन्त्रबाट निर्वाचित छेतेन लामा शेर्पा र फुङ्लिङ नगरपालिका वडा नं ६ मा कांग्रेसबाट निर्वाचित मदन (तेज) गुरुङ समान ३९–३९ वर्षका रहेको निर्वाचन आयोगको वेवसाइटमा उल्लेख गरिएको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App