१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरपालिका: बालेन स्थापित भन्दा ११ हजार बढी मतले अगाडि

काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारिरहेका छन्।  उपमेयरकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछि पारिरहेकी छिन्।

मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। बिहीबार पछिल्लो मतपरिणाम अनुसार बालेनले २३ हजार ५ सय ८४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्।  उनी स्थापित भन्दा ११ हजार २ सय ४ मतले अगाडि छन्।    

स्थापितले अहिलेसम्म १२  हजार ३ सय ८० मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामले दुई प्रतिस्पर्धीबीच अझ फराकिलो मतान्तर देखिएको छ। यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह नै छिन्। उनले ११ हजार ४ सय ९९ मत प्राप्त गरेकी छिन्। उनी सत्तारुढ दल गठबन्धनकी उम्मेदवार हुन। राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ चौथौ स्थानमा छन्।  उनले जम्मा ८ सय ९ मत प्राप्त गरेका छन्।  

नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई तेब्बर मतले पछि पारेकी छिन्। पछिल्लो मतपरिणाम अनुसार सुनिताले २३ हजार १७ मत प्राप्त गरेर निरन्तर अग्रता लिइरहेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ३ सय ७३ मत मात्र प्राप्त गरेका छन्। सुरुदेखिनै सुनिताले निकै धेरै मतले आफ्ना प्रतिस्पर्धी श्रेष्ठलाई उछिन्दै आएकी छन्।  यसैगरी तेस्रो स्थानमा राप्रपाकी विनिता मगैया छिन्। उनले अहिलेसम्म ५ हजार १ सय ६८ मत प्राप्त गरेकी छिन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App