१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मत बराबर भएपछि नीलकण्ठ ६ को वडाध्यक्षमा भाग्य चिठ्ठा!

मत बराबरी भएपछि नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षमा गोलाप्रथा गरिएको छ। गोला प्रथामा नेपाली काँग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ भाग्यमानी बनेका छन्। 

नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलको वडाध्यक्ष बनेर जनताको सेवा गर्ने सपना एउटै गोलाले अधुरो बनाइदिएको छ। मतगणनामा काँग्रेसका उम्मेदवार श्रेष्ठ र माओवादी केन्द्रका उम्मेद्वार रम्तेल दुवैजनाको बराबर ७ सय ५८ मत पाएका थिए।

वडा अध्यक्षमा बराबर भएपनि ४ वटा वडा सदस्यहरुमा नेपाली काँग्रेसका उम्मेद्वारहरु विजयी भएका छन्। नामको बर्णानुक्रम अनुसार पहिले भुपेन्द्रले गोला थुतेका थिए। २०७४ सालमा पनि रम्तेल थोरै मतले नेकपा एमालेका उद्धव रिजालसंग पराजित भएका थिए।  

अर्को रोचक कुरा त के छ भने गत बैशाख २८ गते राती नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रम्तेल प्रहरी हिसासतमा छन् भने उक्त घटनामा गम्भीर घाइते भएका काँग्रेसका उम्मेद्वार भुपेन्द्र श्रेष्ठ भने टाउकोको अपेशन गरेर काठमाण्डौ अस्पतालमा उपचाररत रहेका छन्। गोला झिक्नको लागि रम्तेललाइ प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको हो भने भुपेन्द्रको तर्फबाट काँग्रेस धादिङका पार्टी सभापति रामनाथ अधिकारी रोहवर बसेका थिए।  

२८ गतेको झगडामा संलग्न भएको आरोपमा ४ जना माओवादी कार्यकर्ता प्रहरी हिसासतमा पुगेपछि उनीहरुले मतदान गर्न पाएका थिएनन्। ४ जनाले मतदान गर्न नपाउनु नै माओवादीलाई अभिसाप बन्न पुग्यो। कांग्रेसका उम्मेदवार श्रेष्ठ गम्भीर घाइते अवस्थामा नै एम्वुलेन्स चढेर मत हाल्न पुगेका थिए। माओवादीका रम्तेललाई भने मतदान गरेको केहिबेरमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: ५ जेष्ठ २०७९ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App