५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बुढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन्। 

बुधबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार एमालेका मिठाराम अधिकारी र उपमेयरमा एमालेकै अनिता लामा विजयी भएकी हुन्। मेयर अधिकारीले नेपाली कांग्रेसका विनोद चालिसेलाई २ हजार ७ सय ३८ मतले पराजित गरेका हुन्। 

अधिकारीले १४ हजार २ सय ५० मत ल्याउँदा चालिसेले ११ हजार ५ सय १२ मत ल्याएका थिए। तेस्रोमा नेकपा एकिकृत समाजवादीका बालकृष्ण श्रेष्ठले २ हजार २ सय २२ मत प्राप्त गरेभने स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३ सय ८ मत ल्याए। 

राप्रपाका निना भेटवालले १ हजार २९ र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६ सय ५९ मत प्राप्त गरेका छन्। यसैगरी उपमेयरमा नेकपा एमालेकी अनिता लामाले १४ हजार ३१४ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत ल्याए। 

राप्रपाकी चम्पादेवी अधिकारीले १ हजार ३ सय १२ मत ल्याएर तेस्रो स्थान हासिल गरेकी छिन भने माओवादी केन्द्रकी कमला गौमतले ८ सय २७ मत ल्याएकी छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App