१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दोलखा मेलुङमा एमालेको फराकिलो जित

जिल्लाको मेलुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

अन्तिम मतगणना सार्वजनिक हुनु अघि वडा नं ६ को ५० मत गणना हुन बाँकी रहँदा एमालेका गाउँपालिका अध्यक्षले झण्डै १२ सय मतको अन्तर र गाउँपालिका उपाध्यक्षले करिब १४ सय मतको अन्तरले निर्वाचन जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एमालेका उम्मेदवार हिरा थोकरले नेकपा एकीकृत समाजवादीका तर्फबाट गठबन्धन उम्मेदवार रविन्द्र कार्कीलाई फराकिलो अन्तरले हराएर गाउँपालिका प्रमुख पदमा विजयी भएका छन्। यस्तै नेपाली कांग्रेसका भक्त तामाङलाई हराएर एमालेकी उम्म्मेदवार गायत्री आचार्य विजयी भएकी छन्।

सात ओटा वडा रहेको गाउँपालिकामा एमालेले चार ओटा साथै कांग्रेस, समाजवादी र नेकपा माओवादी केन्द्रले एक एक ओटा वडा जितेका छन्। नौ ओटा स्थानीय तह रहेको दोलखामा एमालेले मेलुङ जितेको छ भने जिरी नगरपालिकामा झिनो मतले अग्रता लिइरहेको छ।

वैत्येश्वर गाउँपालिकामा एमालेको अग्रता छ तर त्यहाँ गणना हुन बाँकी रहेका १, २ र ३ नं वडामा एमाले पछि पर्ने कारण कांग्रेसले सहज जित निकाल्ने अनुमान गरिएको छ। अन्य ६ ओटा स्थानीय तहमा भने एमाले पछि परेको छ। गौरीशंकर, विगु, कालिञ्चोक, शैलुङ र तामाकोशी गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार अघि छन्।

यस्तै वैत्येश्वर गाउँपालिकामा नेकपा एमालेले अग्रता लिइरहेपनि गणना हुन बाँकी रहेका वडाहरुमा कांग्रेसले फराकिलो अग्रता लिने कारण नेपाली कांग्रेसको एकल उम्मेदवारहरुले सहज जित निकाल्ने अनुमान गरिएको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App