२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

रोल्पाको होलेरीमा कांग्रेस विजयी

रुन्टीगढी गाउँपालिका अध्यक्ष।

रोल्पाको होलेरीमा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका जनक बुढाले ४ हजार ३ सय ९१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादीका गोबिन्द पुनले ३ हजार ७ सय ८ मत ल्याए।

उपाध्यक्षमा कांग्रेसका सरिता केसिले ४ हजार ४ सय ३७ मत ल्याएर विजयी भएकि छिन् भने उनका प्रतिद्वन्दी एमालेकि हस्तमालि बाठाले ३ हजार ६ सय ३६ मत ल्याएका छन्।

नाै वटा वडा रहेको रुन्टीगढीमा कांग्रेसले ३ वटा वडा मात्र जितेर पनि अध्यक्ष उपाध्यक्षमा विजयी भएको हो। अधिल्लो स्थानीय तहमा जितेको एमाले यो पटक तेस्रो भएको छ। एमालेका यामबहादुर दसौदीले ३ हजार ५ सय ८७ मत ल्याएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App