१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसका विष्ट विजयी

बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दले जितेका हुन्।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकलाई पछि पार्दै चन्द मेयरमा विजयी भएका हुन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका कृष्णसिंह नायकसँग झिनो मतले पराजित भएका थिए। मेयरमा विजयी भएका चन्दले ३ हजार ९६ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी एमालेका नायकले २ हजार ३ सय ७६ मत प्राप्त गरे।

उपमेयरमा कांग्रेसकी पार्वती बोहरा विष्ट विजयी भएकी छिन्। उनले २ हजार ९ सय २७ मत ल्याइन भने निकटम प्रतिद्वन्दी एमालेकी हेमन्ती नायकले २ हजार ४ सय ८ मत ल्याइन्। मेलौली नगरपालिकाका ९ वडा मध्ये ४ मा नेपाली कांग्रेस, ३ वडामा माओवादी केन्द्र र दुईमा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

वडा नं. १ मा एमालेका शरदसिंह नेगी, वडा नं २ मा कांग्रेसका कृष्णदत्त भट्ट, वडा नं. ३ मा कांग्रेसका गगन भाट, वडा नं ४ मा माओवादीका हर्कबहादुर चन्द, वडा नं. ५ मा कांग्रेसका भरतसिंह पुजारा, वडा नं ६ मा माओवादीका तारादत्त भट्ट, वडा नं. ७ मा माओवादीका रामचन्द्र भट्ट, वडा नं. ८ मा एमालेका तपेन्द्र विष्ट र वडा नं ९ मा कांग्रेसका लोकराज भट्ट विजयी भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App