७ वैशाख २०८१ शुक्रबार
राजनीति

मालिकार्जुन गाउँपालिकामा एमालेका हिरा सिंह धामी विजयी

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नेकपा एमालेका हिरा सिंह धामी विजयी भएका छन्।

नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीलाई ७ सय १२ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन्। अध्यक्षमा धामीले ४ हजार ३४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले  ३ हजार ३ सय ३३ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यान सिंह धामी ३ सय मतान्तरले विजयी भएका छन्। धामीले ३ हजार ५ सय ६६ मत प्राप्त गर्दा एमाले उम्मेदवार गोमती भट्टले ३ हजार २ सय ६६ मत प्राप्त गरेका छन्।

मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १, २,३ ५ को वडाअध्यक्षमा एमाले वडा नम्बर ४,६ र ७ मा कांग्रेस तथा वडा नम्बर ८ मा  माआवादी केन्द्र विजयी भएको छ। पराजित नरेन्द्र धामी निवतर्मान गाउँपालिका अध्यक्ष हुन भने विजयी हिरा सिंह धामी पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका नयाँ अनुहार हुन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App