२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

२६ वर्षपछि पहिलो पटक कांग्रेसको नेतृत्व

नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो। राजनीतिक हिसाबले निकै महत्वपूर्ण रुपमा हेरिने वडामा २६ वर्षपछि कांग्रेसले नेतृत्व लिने अवसर पाएको छ। २०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि नेकपा एमालेले आफ्नो विरासत गुमाएको हो।  

२०५३ सालमा स्थापना भएको नारायण नगरपालिकामा पहिलो चुनाव २०५४ मा भएको थियो। त्यसबेला एमालेबाट पहिलो वडाध्यक्षमा दिपबहादुर श्रेष्ठ निर्वाचित भएका थिए। त्यसयता राजाको प्रत्यक्ष शासनकालमा वडाध्यक्षहरु यामबहादुर मल्ल र यामु श्रेष्ठ मनोनित भएका थिए। २०७४ को स्थानीय चुनावमा नेकपा एमालेका तिर्थनारायण श्रेष्ठ विजयी भएका थिए। कांग्रेसले विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा वडाध्यक्ष जित्न निकै सकस भयो। संगठन निर्माणमा जुटिरहयो त्यसको फल अहिलेको निर्वाचनमा आफ्नो पोल्टामा वडाध्यक्ष पार्यो।  

२६ वर्षपछि नारायण नगर पालिका–१ मा कांग्रेस उम्मेदवार सन्देशकुमार श्रेष्ठ विजयी भएका हुन्। ३ सय ७८ मत ल्याएर विजयी भएका श्रेष्ठका निकटम प्रतिद्धन्द्धी एकिकृत समाजवादीका रमेशकुमार केसीले ३ सय ५८ मत ल्याएका थिए। २०५४ देखि जित्दै आएको नेकपा एमाले तेस्रो स्थानमा आयो। एमालेबाट वडाध्यक्षका उम्मेदवार मनोज थापाले ३ सय मत ल्याएका थिए। यसरी वडामा आफ्नो विरासत एमालेले यस पटकको निर्वाचनमा गुमाएको हो। दैलेखमा ११ स्थानीय तह र ९० वटा वडा रहेका छन्।  

प्रकाशित: १ जेष्ठ २०७९ १७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App