११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरमा रेनु विजयसंग १४ मतलेअगाडि

भरतपुर महानगरपालिकामा ६ हज़ार ४ सय ७७ मत गणना गर्दा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल अगाडि छिन्। उनी आफ्ना प्रतिद्वन्दीसँग जम्मा १४ मतले अघि छिन्।

उनले २ हजार ३ सय १७ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले भने २ हज़ार ३ सय ३ मत ल्याएर उनकाे पछि छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलकाे भने ७ सय ६१ मत छ।  

त्यस्तै उपमेयरमा पनि गठबन्धनकै धेरै मत आएको छ। उपमेयरको उम्मेदवारमा गठबन्धनबाट चित्रसेन अधिकारीले २ हजार ५ सय ५२ मत ल्याएका छन् भने राप्रपा उपमेयर उम्मेदवार हिमला गुरूङ १ हजार ८ सय ४९ मत ल्याएकी छन्।

प्रकाशित: १ जेष्ठ २०७९ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App